मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप- प्रधानमन्त्री देउवा



पोखरा  

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप भएको बताएका छन् ।

सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार काठमाडौँका खोप केन्द्रको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका हुन् ।

काठमाडौं उपत्यकाभित्रको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रमा देउवाले अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान शुभारम्भ पनि गरेका छन् । सो क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध मिलाउन पनि निर्देशन पनि दिएका छन् ।

‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन् ।

देउवाले आजै त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja