पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित



पोखरा  

लिड्समा आइतबार राति भएको पाहुना टोली पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टी खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो ।

इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए । कप्तान बाबर आजम २२ रनमा आउट भए ।

बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja