प्रधानमन्त्री शेरबहादुर देउवा विश्वासको मत प्राप्त गर्न सफल



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य रहेकोले विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक थियो ।

संविधानको धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले नियुक्तिको शपथग्रहणको छैटौँ दिनमा विश्वासको मत लिएका हुन् ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

उनलाई विश्वासको मत प्राप्त नभएको भए प्रतिनिधिसभा विघटन भई ६ महिनाभित्र निर्वाचन हुनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja