कांग्रेसको निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता रावल नियुक्त



पोखरा

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुरका अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले कांग्रेसको विधानको धारा २५(९) बमोजिम उनलाई नियुक्त गरेका हुन् । कांग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् । यसअघि समिति संयोजक राधेश्याम अधिकारी थिए । उनले राजीनामा दिएपछि यादवलाई संयोजक तोकिएको हो  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja