टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन



पोखरा

‘तीन पटक नेशनल अवार्ड विजेता भइसकेकी टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको आज बिहान निधन भएको छ । उनको उमेर ७५ थियो। उनलाई कार्डियक अरेष्ट भएको हो ।

सुरेखा पछिल्लो समययता बिरामी थिइन् । उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । अभिनेत्रीका मेनेजरले उनको निधनको पुष्टि गरेका छन् ।

उनलाई दोस्रोपटक ब्रेन स्ट्रोक भएपछि स्वास्थ्य सम्बन्धी समस्या नियमित देखिइरहेको थियो । यो समयमा उनका परिवारका सबै सदस्य उपस्थित छन् । उनीहरुले गोपनियता मागेका छन्’, मेनेजरले भनेका छन् ।

अभिनेत्रीले अलीगढ मुस्लिम युनिवर्सिटीबाट आफ्नो पढाई पुरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिन् ।

उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।

सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले पनि उनलाई यही नामले बोलाउने गर्छन् ।

फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja