माधव समूह अनेरास्ववियु राहत वितरणका लागि हेलम्बु जाँदै



पोखरा

नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।  अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन् ।

राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए । उनले बेसहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गरे ।

अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गरे । बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरीने अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja