बाढी पहिरोका कारण आवासविहीन भएकालाई घर बनाउन १२ करोड ८० लाख दिइने



पोखरा

अघिल्लो वर्षको मनसुनमा बाढी तथा पहिरोका कारण आवासविहीन भएकालाई सरकारले आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रक्रिया अघि बढाएको छ ।

संघीय सरकारले राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणलाई पहिलो चरणमा २० करोड उपलब्ध गराएपछि प्राधिकरणले आवास पुननिर्माणको काम अघि बढाएको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम पठाउन शुरु गरिएको प्राधिकरणकरका प्रवक्ता विश्व प्रकाश अर्यालले खबरहबलाई बताए ।

पहिलो चरणमा सरकारले १२ करोड ८० लाख ५६ हजार रुपैयाँ १३ जिल्लामा पठाइसकेको उनले बताए ।

उनकाअनुसार पुनर्निर्माण वा पुनस्र्थापना अनुदान स्वरुप क्षेत्रअनुसार फरक रकम पठाउने गरिएको छ ।

जसमा तत्काल लगत संकलन र लाभग्राही पहिचान भएपछि २५ हजार र अस्थायी आवासका लागि २५ हजार गरी दुई किस्तामा ५० हजार जाने गरेको छ ।

उनले भने, ‘त्यसपछि निजी आवास पुनर्निर्माणका लागि तराईका जिल्लामा ३ लाख पहाडका जिल्लामा ४ लाख र हिमाली जिल्लामा ५ लाख रुपैयाँ ३ किस्तामा उपलब्ध गराइनेछ ।’

उनकाअनुसार तराईका जिल्लामा सम्झौता भएसँगै पहिलो किस्तामा प्रतिघर ५० हजार र दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख उपलब्ध गराइनेछ ।

त्यस्तै पहाडी जिल्लामा पुनर्निर्माण वा पुनस्र्थापना अनुदान ४ लाख रुपैयाँ ३ किस्तामा नै उपलब्ध गराइने छ ।

जसमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो तथा अन्तिम किस्तामा १ लाख ५० हजार उपलब्ध गराइने छ ।

त्यस्तै हिमाली जिल्लामा ५ लाख रुपैयाँ ३ किस्तामा उपलब्ध गराइनेछ । जसमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो किस्तामा १ लाख ५० हजार उपलब्ध गराइनेछ ।

केन्द्रबाट रकम गएपनि यसको कार्यान्वयनका लागि स्थानीय तहको प्रमुख भूमीका रहने उनले बताए ।

‘जिल्ला विपद् व्यवस्थापन समितिका सिडियोहरुले यसको अनुगमन गर्नुहुन्छ’ उनले भने, ‘अनुगमन पछि आएको रिपोर्टका आधारमा हामीले निकासा पठाउछौं ।’

त्यस्तै प्राधिकरणले घडेरी नहुनेलाई बढीमा ३ लाखसम्म थप उपलब्ध गराउनेछ ।

कुन जिल्लामा कति रकम ?

गत वर्ष क्षति बाढी र पहिरोले क्षति पुर्‍याएका मध्ये विभिन्न १३ जिल्लाका २ हजार ८ सय ३६ घर पुनर्निर्माण गर्न प्राधिकरणले पहिलो चरणको रकम पठाएको छ ।

गत वर्ष पहिरो खस्दा दार्चुलाका ५१ घरमा क्षति पुगेको थियो ।

उक्त घर पुनर्निर्माण गर्न २२ लाख ७६ हजार, म्याग्दीका २ सय ४७ घर पुनर्निर्माण गर्न १ करोड ८ लाख ५७ हजार रुपैयाँ पठाइएको छ ।

त्यस्तै कास्कीका १ सय ६५ घर पुनर्निर्माण गर्न ७० लाख ८७ हजार, स्याङ्जाका २ सय ७४ घर पुनर्निर्माणलाई १ करोड १७ लाख ६७ हजार, धनकुटाका ३३ घर पुनर्निर्माण गर्न १३ लाख ५८ हजार रकम पठाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तैगरी भोजपुरका १ सय ३१ घर पुनर्निर्माणका लागि ५७ लाख १८ हजार, कालिकोटका ५ सय ४७ घर पुनर्निर्माणका लागि ४ करोड ९ लाख ५८ हजार, रुकुम पश्चिमका ८३ घर पुनर्निर्माणका लागि ३५ लाख २ हजार रुपैयाँ पठाइएको छ ।

पर्वतका ८५ घर पुनर्निर्माणका लागि ३६ लाख ४५ हजार, पर्वतका ५ सय ४ घर निर्माणका लागि २ करोड १५ लाख ९२ हजार, मोरङका ४९ घरधुरीलाई २२ लाख १ हजार र बाजुराका २ सय १७ घर पुनर्निर्माणका लागि १ करोड ८ लाख रुपैयाँ पठाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रारम्भिक विवरण अनुसार देशभर गत वर्षको मनसुनको बाढी पहिरोले २ हजार ८ सय २१ घर परिवारलाई घरबारबिहीन बनाएको छ ।
त्यस्तै बाढी र पहिरोबाट ३ सय ४३ जनाको ज्यान गुमाएका थिए भने १ सय ११ जना बेपत्ता भएका थिए ।

गत वर्षको मनसुनको अवधिमा बाढी र पहिरोबाट सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, दोलखा, बाजुरा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट, दार्चुला, बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङजा, रसुवा, धनकुटा, संखुवासभा, गुल्मी, मोरङ, लगायतका जिल्ला बढी प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja