अभिनेत्री रेवतीले आफूलाई चौध व्यक्तिले यौन शोषण गरेको खुलासा



पोखरा

मलयालम फिल्मकी अभिनेत्री रेवती सम्पतले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौन शोषण गरेको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत सबैको नाम सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

उनले उल्लेख गरेको नामको सूचीमा ठूला अभिनेता तथा निर्देशक छन् । उनले कलाकार सिद्दिकी, निर्देशक राजेश टचरिलर और डीवाइएफआइ नेता नन्दी अशोकनको नाम पनि लेखेकी छन् ।

‘म यहाँ व्यावसायिक, व्यक्तिगत र साइबर स्पेसका माध्यमबाट शोषण गर्ने व्यक्तिको नाम खुलाइरहेकी छु । यी व्यक्तिले मेरो शारीरिक, मानसिक र भावनात्मक रुपले शोषण गरेका छन्’, मलयालम भाषामा उनले लेखेकी छन् ।

उनले राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) ले यौन शोषण गरेको दाबी गरेकी छन् ।

कलाकार सिद्दिकीमाथि यसअघि पनि यौन शोषणको आरोप लागिसकेको छ । त्यो समयमा सिद्दिकीमाथि कुनै कानूनी कारवाही भएको थिएन । रेवतीको खुलासापछि उनका फ्यानहरु सिद्दिकीसहित अन्यलाई कारवाहीको माग गरिरहेका छन् ।

उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले नाम लिएका व्यक्तिहरुले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja