इंग्ल्याण्डका पूर्वफूटबलर हतियार र लागुऔषधसहित पक्राउ



पोखरा

इंग्ल्याण्डका पूर्वफूटबलर पाउल सेफर्ड हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।

पूर्व फूटबलर पाउल सेफर्डलाई लण्डन प्रहरीले हातहतियार र लागुऔषधसहित पक्राउ गरेको हो । बेलायतको उच्च डिभिजन फूटबल प्रिमियर लिग क्लब लिड्स यूनाइटेडबाट व्यवसायिक फूटबल खेलेका सेफर्डको घरबाट प्रहरीले पेस्तोल, राइफल, गोलीसहित ड्रग्सपनि बरामद गरेको छ ।

अपरेसन वेनेटिकमार्फत अनुसान्धान गर्ने क्रममा ४३ वर्षे सेफर्डको घरबाट सेमि अटोमेटिक पेस्तोल, होवा बोल्ट एक्सन राइफल, २०० राउण्ड गोली बरामद गरिएको थियो ।

यसअघि पनि सेफर्डको कारबाट कोकिन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja