घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



पोखरा

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja