प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन



पोखरा

अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार उनी एक व्यवसायीसँग प्रेम सम्बन्धमा छिन् । ती व्यवसायीसँग बस्नका लागि उनी अहिले नयाँ घर खोजिरहेकी छन् ।

ज्याकलिनले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म गोपनियता कायम गरेकी छन् । तर ज्याकलिन निकट स्रोतका अनुसार दुई महिनादेखि उनी जुहू र बान्द्राको बीचमा फेसिङ घरको खोजी गरिरहेकी छन् ।

‘उनी अहिले एक्लै घरको खोजी गरिरहेकी छन् । जुन घरमा उनी आफ्नो विशेष मान्छेसँग बस्न चाहन्छिन् । कैयौं घर हेरिसकेपछि उनीहरुले अन्ततः जुहूमा एक घर भेटेका छन्’, स्रोतले भनेको छ ।

घरको इन्टेरियर डिजाइनका लागि उनीहरुले फ्रान्सबाट एक डिजाइनर हायर गरेका छन् । डिजाइनरले ज्याकलिनले भनेअनुसारको डिजाइनको काम गरिरहेका छन् । जसका लागि प्रारम्भिक चरणा ज्याकलिनले केही रकम डिजाइनरलाई दिएकी छन् र मुम्बईमा लागु भएको लकडाउन खुल्नासाथ फाइनल सम्झौता गर्नेछन् ।

ज्याकलिन र उनको व्यवसायी प्रेमी प्रेम सम्बन्धलाई लिएर गम्भीर छन् । उनीहरु भिडियो कलमार्फत एकापसमा कुराकानी गर्छन् । घरको कुरा पनि उनीहरुले भिडियोमार्फत नै फाइनल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja