गाजा क्षेत्रमा इजरायलको हवाई आक्रमण



पोखरा

इजरायले गाजा क्षेत्रमा फेरि हवाई आक्रमण गरेको छ ।

हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर इजरायलमा पठाएकाले कारबाही गरिएको इजरायली सेनाले जनाएको छ ।

प्यालेस्टिनी सुरक्षा फौजका एक प्रत्यक्षदर्शीले दिएका विवरणलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार आक्रमणबाट हमासको एउटा रेडियो स्टेसन र एउटा तालिम केन्द्र ध्वस्त भएको छ ।

बुधवार बिहानै भएको उक्त आक्रमणबाट कयौँ स्थानमा विस्फोटनका आवाजहरू सुनिएको जनाइएको छ ।

यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम गाजाबाट इजरायलतर्फ पठाइएको थियो । दुवै पक्ष मे २१ मा युद्धविराम गर्न सहमत भए पनि त्यहा हिंसा रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja