आज सातै प्रदेशले बजेट ल्याउँदै, प्राथमिकतामा महामारी नियन्त्रण



पोखरा

 सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।

गण्डकी र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशले नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचारलगायतका विषयलाई प्राथमिकतामा राखेकाले बजेट पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आउनेछ ।

प्रदेश सत्ता समीकरणमा भएको बदलावले नीति तथा कार्यक्रम पारित गरिनसकेका गण्डकी र कर्णालीले पनि आजै नीति तथा कार्यक्रम पारित गरेर अपराह्न ४ बजेसम्म बजेट ल्याउने तयारी गरेका छन् ।

लुम्बिनीमा ३८ अर्बको बजेट

आइतबार नीति तथा कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश प्रदेश सरकारले  ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारी गरेको छ ।

प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट ल्याइसकेका मुख्यमन्त्री शंकर पोखेरेलले आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइँने जनाएका छन् ।

प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा.डा ईश्वर गौतमका अनुसार बजेट गत वर्षको भन्दा केही बढेर आउने छ । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो ।

रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने गौतमले बताए  । डा. गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए । सरकारले चालु आर्थिक वर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो ।

बजेट प्रस्तुत गर्न अपराह्न तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja