गण्डकी प्रदेश सरकारले आज बजेट ल्याउँदै



पोखरा

गण्डकी प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । कृष्णचन्द्र नेपाली नेतृत्व सरकारले सोमबार पेश भएको नीति तथा कार्यक्रमबारे सामान्य छलफलपछि सानो आकारका बजेट ल्याउने भएको छ । 

संवैधानिक ब्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान रहेका कारण नयाँ सरकारले सानो आकारको मन्त्री मण्डल बनाएर लगत्तै कर्मकाण्डी बजेट ल्याउन लागेको हो । 

तीन दिन अगाडी मात्र नयाँ मुख्यमन्त्री बनेका पोखरेले हतारमा ल्याउन लागेको बजेटको आकार सानो आकारको हुने बताइएपनि कति अंकको बजेट ल्याउने भन्ने अझै टुंगो नलागेको अर्थमन्त्रालय स्रोतले बताएको छ । 
बजेट ल्याउनु भन्दा तीन दिनअघि मात्रै बनेको सरकारले छोटो समय सीमाका कारण पुरानै सरकाले बनाएको नीति कार्यक्रम र बजेटलाई केही परिमार्जन गरेर ल्याएको जनाएको छ । सरकार परिवर्तनका कारण नीति तथा कार्यक्रम पारित गर्न र बजेट निर्माणमा समय कम भए पनि आजै बजेट आउने छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने छन् ।

गण्डकी सरकारले संघिय सरकारबाट अघिल्लो वर्ष ३४ अर्ब हाराहारीको बजेट पाएको थियो । संघीय सरकारबाट सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ अनुदान पाएको गण्डकी सरकारको लागि क्रमागत योजनाको लागि मात्रै १४ अर्बभन्दा बढी रकम आवश्यक पर्छ । 
कोभिड संक्रमणका कारण अघिकांश व्यवसायीक प्रतिष्ठन नाजुक अवस्थामा पुगेको र अन्य सरकारी राजश्व उठ्ने क्षेत्र समेत धरासायी बनेकाले आन्तरिक स्रोतबाट गण्डकीले मुस्किलले ५ अर्ब राजश्व उठाउने अवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja