काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरु



पोखरा

काठमाडौँ महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम फेरि भोलिदेखि शुरु हुने भएको छ ।

महानगरका प्रमुख हरिबहादुर कुँवरले दिएको जानकारीअनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहकाहरूलाई सोमबार र मंगलबार खोप दिइनेछ ।

महानगरले यसअघि काठमाडौँका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरेको थियो । सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै गत शुक्रबार अर्को सुचना नआएसम्म खोप लगाउने कार्यक्रम स्थगित बनेको थियो ।

प्रमुख कुवरकाअनुसार यसअघि छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालहरूमा खोप लगाइनेछ ।

उनले भने, ‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाउने कार्यक्रम राखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja