कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने



पोखरा

एक अध्ययनले खास नश्लको एक कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने  पुष्टि भएको छ ।

ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले सुँघेरै कोरोना भए नभएको पत्ता लाग्ने दाबी गरिएको छ । जुन पिसिआर वा एन्टिजेनको माध्यमबाट गरिएको परीक्षणभन्दा प्रभावकारी पाइएको जनाइएको छ ।

अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ मा उल्लेख भएअनुसार विभिन्न देशको प्रारम्भिक अध्ययनबाट कुकुरले सुँघेर कोरोना संक्रमण पत्ता लगाउने निष्कर्ष निस्किएको हो ।

कुकुरले सुँघेर परीक्षण गरिने विधिलाई प्रभावकारी मान्दै अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ ।

यसले सार्वजनिक यातायात, रंगशालालगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने समाचारमा उल्लेख गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले ६ वटा कुकुरबाट कोरोना परीक्षण गराएकोमा त्यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको बताइएको छ ।

संक्रमित व्यक्तिको काखी वा उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ । त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ । कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ । त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ।

khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja