गृहमन्त्री बादल माधव नेपाललाई भेट्न कोटेश्वर पुगे



पोखरा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । ​
भट्टराईका अनुसार नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी छ । 

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् । यद्यपी एमालेले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja