भारतमा पछिल्लो २४ घण्टामा २.६३ लाख नयाँ संक्रमित, ४.२२ लाख निको भए



पोखरा

भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा ३ लाखभन्दा कम संक्रमित भेटिएको यो दोस्रो दिन हो । यसअघि आइतबार २.८२ लाख व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार भारतमा कोरोनाको मामिलामा तीनवटा रेकर्ड दर्ता भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ३९१ जनाले कोरोना जितेका छन् । यो एक दिनमा कोरोनाबाट निको हुने सबैभन्दा धेरै आँकडा हो । यसअघि ८ मेमा ३.८६ लाख जना निको भएका थिए ।

यसरी पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा रेकर्ड १.६३ लाखको कमी भएको छ । यसअघि १६ मेमा उपचार गराइरहेका बिरामीको आँकडामा एक लाख ८३६ को गिरावट रेकर्ड गरिएको थियो ।

यद्यपि, मृत्युको आँकडा चिन्ता बढाउने किसिमको छ । सोमबार भारतमा रेकर्ड ४,३३४ संक्रमितको मृत्यु भयो । यो पनि एक दिनमा ज्यान गुमाउनेहरुको सबैभन्दा ठूलो आँकडा हो । यसअघि ७ मे मा ४,२३३ संक्रमितको मृत्यु भएको थियो ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः २.६३ लाख

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ४.२२ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,३३४

हालसम्म कूल संक्रमित भइसकेकाः २.५२ करोड

हालसम्म निको भएकाः २.१५ करोड

हालसम्म कूल मृत्युः २.७८ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३३.४८ लाख

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja