कोरोना संक्रमणबाट नवलपुरमा दुई जनाको मृत्यु



पोखरा

पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज विहान दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका २ निवासी ६८ वर्षीय पुरुष र कावासोती १६ डण्डास्थित ८२ वर्षीया महिलाको मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया, सुगर र मिर्गौला सम्बन्धि समस्या भई वैशाख ३१ गते अस्पताल भर्ना भएका पुरुषलाई जेठ २ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनको राति १२ बजे मृत्यु भएको अस्पतालका स्रोत व्यक्ति डा. शिवराज न्यौपानेले बताए ।

यस्तै, कावासोती नगरपालिका १६ डण्डास्थित ८२ वर्षीया महिलाको पनि उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा नै आज विहान मृत्यु भएको हो ।

वैशाख २८ गते कोरोना संक्रमण पुष्टी भएकी ती महिलालाई जेठ १ गते कोरोना संक्रमण पुष्टी भएको थियो । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत महिलाको आज विहान ३.४५ मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

शारीरिक रुपमा अशक्त र मानसिक रुपमा दीर्घ समस्या रहेको ती महिला कोभिड निमोनिया भएको अस्पतालका स्रोत ब्यक्ति डा. शिवराज न्यौपानेले जानकारी दिए ।

कोरोना संक्रमण भई नवलपुरमा अहिलेसम्म ५७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा बैशाख १ गतेपछि मात्रै २५ जनाको मृत्यु भएको छ ।

नवलपुरमा सोमबार मात्रै १ सय ५ जना कोरोनामुक्त भएका थिए । जिल्लामा अहिले सक्रिय संक्रमित १ हजार ८७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja