एट्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि नजिक



पोखरा

एट्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

आइतबार रातिको खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो ।

सात वर्षपछि पहिलोपल्ट ला लिगा उपाधि उचाल्न लागेको एट्लेटिकोको लक्ष्य अब  एउटा जित हात पारे पूरा हुनेछ ।

आइतबारको खेलमा ७५औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना जिततर्फ अग्रसार भइरहँदा ८२औं मिनेटमा रेनान लोदीले गोल गर्दै खेल बराबरीमा ल्याए । ८८औँ मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरेपछि एट्लेटिको विजयी भयो ।

अब अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई पराजित गरे उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja