नेयमार र एम्बाप्पेको गोलमा पीएजीको शानदार जित



पोखरा

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।

आइतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।

पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक/एक गोल गरे ।

जितसँगै पीएसजीले लिग वानको उपाधि होडमा कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउने छ ।

पीएसजी ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja