काँग्रेसले आजबाट प्रदेशस्तरमा कोभिड–१९ को अवस्थाबारे कार्यक्रम गर्दै



पोखरा

नेपाली काँग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।

कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

सबै प्रदेशको संयोजन काँग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा.प्रकाशशरण महतले गर्नेछन् ।

यही जेठ २ गतेदेखि सुरु हुने कार्यक्रममा बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेश, अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेश, जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने जनाइएको छ ।

त्यस्तै, जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नम्बर–२ र अपराह्न ४ बजेदेखि प्रदेश नम्बर–१ का जिल्लाको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja