गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य



पोखरा

गण्डकी प्रदेशसभाको विशेषअधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्धको अविश्वास प्रस्ताव औचित्यहीन भएपछि सोमबार अधिवेशन अन्त्य गरिएको हो । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा सोमबारको बैठकमा मतदान हुने कार्यसूची थियो । तर, सो अगावै मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए । संसद सचिवालयका अनुसार सोमबार १० बजे देखि विशेष अधिवेशन अन्त्य भएको हो । यसका लागि प्रदेश प्रमुखको कार्यालयबाट आइतबार नै प्रदेश सभासचिवालयमा पत्र पठाएको थियो ।

नेपाली काँग्रेस ,माओवादी केन्द्र र जनता समाजवादीका २८ जना सांसदले वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सरकारले सरकारले त्यस अगाडी नै वैशाख १ गते राति देखिनै अधिवेशन अन्त्य गरेको थियो । सरकारले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको जानकारी पाएर संसद अधिवेशन अन्त्य गरिदिएपछि दलहरुले बैशाख २ गते प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गर्दै निवेदन दिएको थिए । त्यसपछि प्रदेश प्रमुखले यही बैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja