बारीमै कुहिन थाले गोलभेँडा



पोखरा

बन्दाबन्दीका कारण उत्पादन भएका गोलभेँडा बिक्री नहुँदा बारी मै कुहिन थालेका छन् । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा खेतमै कुहिएको हो ।

सवारी साधन सञ्चालन नभएपछि बारीमा गोलभेँडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् । कृषि क्रान्ति गर्ने सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताएपनि व्यवहारमा त्यसो हुन नसकेपछि किसानले लगाएको तरकारी बारीमा नै कुहिने गरेका हुन् ।

उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरू दोहोरो मारमा परेका छन् । दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ । बैजनाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेँडा बिक्रि नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको बताए ।

गोलभेँडा बिक्री गर्ने समयमा जिल्ला मा निषेधाज्ञा जारी भएपछि आफ्नो सम्पुर्ण लगानी डुबेको किसान भुषालले बताए । भुषालले कृषि विकास बैँकबाट ५ लाख रुपैया ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेका थिए ।

बिनोद भुषालको तरकारी खेती छेउमै चन्द्रा चौधरीले खेती गरेका छन् । चौधरी आफै पनि गाँउको अगुवा किसान मध्य एक हुन् । चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन् । उनी घर घरका मानिसहरु व्यवसायिक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछन् ।  

व्यवसायीक तरकारी खेतीका लागि विधिवत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja