बाँके र मोरङमा थप १५ सङ्क्रमितको मृत्यु



पोखरा

बाँके र मोरङमा थप १५ संक्रमितको मृत्यु भएको छ ।

बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको शनिबार राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।

यस्तै मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु भएको छ ।  मोरङको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा शनिबार राति तीन र आइतबार बिहान गरी चार संक्रमितको मृत्यु भएको हो ।

विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर- ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति नोबेल अस्पतालमै उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja