कोरोना संक्रमणबाट महिलाको मृत्यु



पोखरा

सिरहामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । जनकपुरस्थित एक प्राइभेट अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ  भने संक्रमितहरुको संख्या २ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja