गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja