डोटीमा कोरोनाले एक कर्मचारीको मृत्यु



पोखरा

डोटीमा कोरोना सङ्क्रमणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । 

उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । 

उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए । 

उनीसहित कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हो । 

शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja