बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो



पोखरा

बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रदेशका विभिन्न अस्पतालले संचालन गरेको आइसीयुमा ५ सय १८ जना र भेन्टिलेटरमा १ सय ८५ जना उपचाररत रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३६ जना बस्दै आएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेशमा ६ सय ३० बेडको आइसीयू ३ सय ७ बेडको भेन्टिलेटर संचालनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमितका लागि ४ हजार ५ सय ४६ बेडको आइसोलेशन तयारी अवस्थामा रहेको छ ।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुनेमा काठमाडौंका ३ जना महिला र ५ जना पुरुष गरी कुल ८ जनाको मृत्यु भएका छ भने ललितपुरका ४ जना, भक्तपुर, चितवन, काभ्रे, रसुवा र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पुरुषोतम सेढाईँका अनुसार, बागमती प्रदेशमा बिहिबार एकै दिन ४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार २ सय १२ जनाको स्वाबको नमुना परिक्षण गर्दा काठमाडौ उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै प्रदेशका ५ सय ५५ जना पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्केको उनले बताए । हालसम्म प्रदेशका कुल २ लाख एक हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बागमती प्रदेशमा कोरोना संक्रमणको दर ३१.८० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja