पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



पोखरा

पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३ र चरक मेमोरियल अस्पतालमा १ जना सहित ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।
गण्डकीमा अहिलेसम्म १ लाख ४८ हजार ६१० जनाको कोरोना परिक्षण गरिएको छ । त्यसमध्ये प्रदेशमा २० हजार ४२७ कोरोना संक्रमित भेटिएका छन् । परिक्षण गरिएका १ लाख ४८ हजार ६१० मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । 

त्यसैगरी अहिलेसम्म प्रदेशमा १७ हजार १५९ जना संक्रमण मुक्त भएको प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja