लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार



पोखरा

लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछी मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पोखरेलले कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ खुवाएका छन् ।

सोमबार नियुक्त भएका दुवैजनालाई मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको पक्षामा उभिएपछि वैशाख ६ गते एकाएक मन्त्रिमण्डल विस्तार गर्दै दुवैजनालाई साविक मन्त्रालयमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja