सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको मृत्यु



पोखरा

भक्तपुरको सुर्यविनायक नगरपालिकामा सुत्केरी सेक्ने क्रममा निसास्सिएर एकजनाको मृत्यु भएको छ । दुईजना बिरामी भएका छन् ।

प्रहरीका अनुसार सुर्यविनायक नागरपालिकास्थित आफ्नै डेरामा तीन जना अचेत अवस्थामा फेला परेका थिए तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको तिमाल घर भएका २२ वर्षीया सुनिता तामाङ छिन् भने १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ गम्भीर बिरामी छन् । उनीहरुको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja