कोरोना संक्रमित न्याय परिषद सदस्य खड्काको मृत्यु



पोखरा

कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ।

खड्काको उपचारका क्रममा सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए।

अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनका अनुसार उनको बिहान निधन भएको हो ।

खड्का सुगर र प्रेसरका बिरामी थिए ।

उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। काठमाडौंको मित्रपार्कका उनी लामो समय कानुन व्यवसायमा सक्रिय थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja