गण्डकीका विपक्षी दलको टिप्पणी- ‘एसम्यान’बाट सरकारको लाज छोप्ने दाउ !



पोखरा

वैशाख १५ गते छिनोफानो हुने भनिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव संसदमा अड्किरहेको छ । निर्णायक दल जनमोर्चाका सांसद हराएर पछि स्थगित बैठकपछि गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ ।

जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाबाट निवेदन परेपछि अनिश्चितकालका लागि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरिदिएका थिए ।

अविश्वासको प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन अब कसरी अगाडि बढ्छ भन्नेमा दलहरुबीच अझै सहमति जुटिसकेको छैन । सत्तारुढ दलले अविश्वासको प्रस्ताव सभामुखबाट ‘हत्या’ भएकाले चल्न नदिने बताउँदै आइरहेको छ भने सभामुखले अधिवेशन बोलाउन छलफल गरिरहेका छन् । तर, टुंगो लागेको छैन ।

प्रदेश प्रमुखमा माओवादीबाट आएका अमिक शेरचनबाट यो काम नहुने बुझेर प्रधानमन्त्री ओली निकट सीता पौडेललाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार सीता पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja