पर्सामा एकको मृत्यु, १ सय १५ संक्रमित थपिए



पोखरा

पर्सामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जनाए ।

यता नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १ सय ९२ जनामध्ये १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जनाएको छ ।

ती संक्रमित मध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।

यस्तै बाराका २४ र रौतहटका ४ जना संक्रमित रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja