प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेड विजयी



पोखरा

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ ।

सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

२९औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ । वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

बर्नली ३६ अंकसहित १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja