नितेशले छाडे सांगीतिक क्षेत्र



पोखरा

युवा पुस्तामाझ लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताएका थिए । तर, के कारणले सांगीतिक क्षेत्र छाड्नु परेको भन्ने बिषयमा उनले केही पनि बताएका थिएनन् । उनको सो अभिब्यक्तिसँगै उनका फ्यानहरुले आफ्नै तरिकाले अड्कालबाजी काटेका थिए ।

तर, नितेशजंगले भने ‘एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ’ भनेर नेपाली सांगीतिक यात्रा छाड्नुपरेको बताएका छन् ।

उनले फेसबुकमा भिडियोमार्फत आफ्नो देशलाई विदेशमा पनि चिनाउनुपर्ने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफू आफ्नो तरिकाले काम गर्न थालेको उनले उल्लेख गरेका छन् ।

नितेशको यो भनाइबाट पनि उनले अन्तराष्ट्रिय गायन क्षेत्रमा केही नयाँ काम गर्न खोजिरहेका छन् । आफूले सबैबाट राम्रो साथ र सहयोग पाएर यहाँसम्म पुगेको बताउँदै उनले भनेका छन्–‘यही साथका कारण म केही न केही गर्छु भनेर हिडेको छु । धेरै बोलेर काम छैन । म कामले नै बोल्छु । काम नै गरेर आउँला ।’ उनले आफूलाई साथ र सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै अन्य कुराहरु नसोच्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja