हत्या आरोपमा ३ जना पक्राउ



पोखरा

प्रहरीले गुल्मीको इश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इश्मा गाउँपालिका–१ का २० वर्षीय सुशीकुमार र १८ वर्षीय २ किशोरहरु छन् । उनीहरुलाई प्रहरीले घटना भएको ८ महिना पछि गत शुक्रबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत वर्षको २२ भदौमा आफ्नै होटलभित्र रगताम्य अवस्थामा उनी फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानअनुसार २१ भदौ राती मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते तीजको मेला हेर्न राहाले जाँदा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाइट देखाएको विषयको विवाद सुरु भएपछि झगडा हुँदा उक्त घटना भएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja