गण्डकी प्रदेश : सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने



पोखरा

गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बोलाउने भन्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभाका सूचना अधिकारी जितेन्द्र जंग केसीका अनुसार परामर्श समितिको बैठकमा सभामुखले चाँडै नै अनुकुल समय मिलाएर सर्वदलीय बैठक बोलाउने समझदारी भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको थियो ।

त्यसयता प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्न सकेको छैन भने अविश्वास प्रस्ताव पनि अल्झिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja