ब्रेकअपपछि ‘ब्याटमेन’ अभिनेतासँग डेटमा जेनिफर



पोखरा

हलिउड गायिका र अभिनेत्री जेनिफर लोपेज हालका दिनमा हुनेवाला श्रीमान एलेक्स रोड्रिगेजसँग ब्रेकअपका कारण चर्चामा छिन् ।

अहिले उनको चर्चा ब्रेकअप भन्दा पनि पूर्व प्रेमी तथा ‘ब्याटमेन’ अभिनेता बेन एप्लेकसँगको निकटताले बढाएको छ । हालैमात्र उनी बेनसँग लसएञ्जल्समा देखिएकी थिइन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जेनिफर र बेन जेनिफरको ब्रेकअपपछि लामो समयसँगै बिताइरहेका छन् । बेनलाई कैयौंपटक एक सेतो गाडीमा जेनिफरको क्यालिफोर्नियामा रहेको घरमा गएको देखिएको छ ।

जेनिफरको सुरक्षाकर्मीले बेनलाई अभिनेत्रीको घरसम्म ल्याउने गरेका छन् र केही समय सँगै बिताएपछि उनलाई पुनः आफ्नो स्थानमा पुर्याउने गरेका छन् । उनी आउने गरेको सेतो गाडी जेनिफरकै रहेको बताइएको छ ।

जेनिफर आफ्नो फिल्म ‘सटगन वेडिङ’को सुटिङपछि घर फर्किदा बेनले उनलाई तीनपटकसम्म भेटेका छन् । यी दुई कलाकार निकट स्रोतका अनुसार उनीहरुलाई आफूहरुलाई केवल मिल्ने साथीका रुपमा मात्र चित्रित गरिरहेका छन् ।

केही समय अघि जेनिफरले पूर्व प्रेमी एलेक्स रोडसँग अप्रिल २३ मा होटल बेल एयरमा भेटेको समाचार आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja