बढ्यो सुन-चाँदीको मूल्‍य



पोखरा

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ । निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक बजारमा ३५ किलो सुनको कारोबार हुने भएपनि अहिले कम मात्रामा सुनको कारोबार भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja