आईपीएलमा मुम्बईको जित



पोखरा

आईपीएल टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ ।

दिल्लीमा शनिबार राति भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुर्नाल पाण्डय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डयले १६ रन जोडे । चेन्नईका साम कुरानले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।

अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।

जितसँगै मुम्बई ७ खेलमा ८ अंकसहित तालिकाको चौंथो स्थानमा आएको छ । चेन्नई ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja