च्याम्पियन्स लिग : सिटीसँग पीएसजी पराजित



पोखरा

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले १५औँ मिनेटमा मार्कुन्होसको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

६४औँ मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

पहिलो लेगमा प्राप्त जितसंगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja