कमल हासनः व्यक्तिगत जीवनमा असफल, अभिनयमा सफल अभिनेतादेखि राजनेतासम्म



कमल हासनले ६ वर्षको उमेरमा नै अभिनय सुरु गरेका थिए । उनले २२० भन्दा बढी फिल्ममा काम गरेका छन् । एक अभिनेताको रुपमा चार राष्ट्रिय पुरस्कार जितेका छन्, निर्माताको रुपमा एक नेशनल अवार्ड जितेका छन् जबकी १० स्टेट अवार्ड पनि जितेका छन् । उनले पद्मश्री र पद्म भूषणजस्ता नागरिक सम्मान पनि पाएका छन् । दक्षिण भारतीय फिल्मबाहेक उनले हिन्दी र बंगाली फिल्ममा पनि काम गरेका छन् ।

कमल हासनले सन् २०१८ मा आफ्नो राजनीतिक पार्टी सुरु गरेका थिए र चुनाव पनि लडेका थिए । उनको पार्टीले भोट त हासिल गर्यो तर कुनै उल्लेखनीय जीत हासिल गर्न सकेन । अब उनी अर्को एउटा चुनावको तयारी गरिरहेका छन् ।

हासन परमाक्कुडीमा जन्मिए र चेन्नईमा हुर्किए । उनी अब कोयम्बटूर विधानसभा सिटबाट चुनाव लडिरहेका थिए । राजनीतिमा भलै उनको यात्रा छोटो छ तर फिल्मी दुनियाँमा उनको यात्रा लामो रह्यो ।

रामनाथपुरम जिल्लाको परमाक्कुडीमा बीने श्रीनिवासन चर्चित अधिवक्ता थिए । श्रीनिवासन र उनकी श्रीमती राज लक्ष्मीका चार सन्तान जन्मिए । चारु हासन, चन्द्रा हासन, नलिनी र कमल हासन । ७ नोभेम्बर सन् १९६५ मा जन्मिएका कमल कान्छा थिए ।

कमल हासनले परमाक्कुडीमा स्कूलको पढाई सुरु मात्रै गरेका थिए, उनी आफ्ना जेठो दाइ चारु हासनसँग चेन्नई गए । त्यहाँ एवीएम स्टुडियोका संस्थापक एवी मेयप्पा चेट्टियारले उनलाई फिल्म कालाथुर कानम्मामा छोटो भूमिका दिए ।

सन् १९६० मा रिलिज भएको यो फिल्म ब्लकबस्टर हिट थियो । पहिलो फिल्ममा नै कमल हासनले एक सर्वश्रेष्ठ बाल अभिनेताको राष्ट्रिय पुरस्कार पाए । यो सफलतापछि उनले थुप्रै फिल्ममा काम गरे । उनले पार्थल पासी थिरम, पाथा कानिक्कई, कान्नुम कालुम (मलयालम) आनन्द ज्योति र वानमपाडीजस्ता फिल्ममा काम गरे । सन् १९६३ मा एक बाल अभिनेताको रुपमा उनको करियर समाप्त भयो ।

कमल हासनले चेन्नईमा आफ्नो पढाई जारी गरिरहे । ट्रिप्लीकेनको हिन्दू हायर सेकेन्डरी स्कूलबाट उनले आठ कक्षाको परीक्षा पास गरे । त्यसपछि उनले पुरासाईवक्कम एमसीटी मुथैया हायर सेकेन्डरी स्कूलमा भर्ना भए ।

किशोरावस्थामा पनि उनी अभिनयमा रुची लिन थाले । उनले एक ड्रामा ग्रुपमा भाग लिनुका साथै डान्स सिक्न पनि सुरु गरे । १० कक्षापछि उनले स्कूलको पढाई छोडिदिए ।

उनले आफ्ना साथीहरुसँग शिवालय नामको डान्स ट्रुप सुरु गरे । तर केही महिनामा नै यो समूह टुट्यो । उनले अभिनयको मौका पनि पाइरहेका थिएनन् । उनी थंगप्पम मास्टरको डान्स ट्रूपको एक सहायकको रुपमा संलग्न भए ।

सन् १९७० मा देवर फिल्म्सको ब्यानरमा बनेको फिल्म मानवममा उनले एक गीतमा नृत्य गरे र त्यसपछि उनी पुनः स्क्रिनमा देखिन थाले । त्यसपछि उनले अन्नई वेलनकन्नी र कुराथी मागनजस्ता फिल्ममा स–सानो भूमिका गरे ।

फिल्म इन्डष्ट्रिका थुप्रै मोर्चामा छापः

निर्देशक बालचन्दरले उनलाई अंरगेतम र सोल्लाथानजस्ता फिल्ममा ब्रेक दिए । यो फिल्मपछि कमल हासनले पुनः भूमिका पाउन थाले ।

सन् १९७४ मा आएको फिल्म अवल ओरु थोडरकथाई र पुनः १९७५ मा रिलिज भएको ‘अबूर्वा रागंगल’ ले दर्शकको ध्यान उनीतर्फ ताने । उनले निकै प्रशंसा पनि पाए । तयसपछि उनको करियरले गति लिन थाल्यो त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

उनले ३५ भन्दा बढी मलयाली फिल्म र १५ भन्दा बढी हिन्दी फिल्ममा पनि काम गरे । उनले सातभन्दा फिल्मको कहानी पनि लेखे ।

उनले तीन फिल्मको कहानी र स्क्रिप्ट पनि लेखे जबकी दुई फिल्मको स्क्रिप्ट र संवाद पनि लेखेका छन् । १० फिल्मको पटकथा पनि उनले लेखे । यस्तै आठ फिल्मका डान्स मास्टरको भूमिका पनि उनले निभाएका छन् ।

उनले चार फिल्मको निर्देशन गरेका छन् र ७० भन्दा बढी फिल्मी गीत पनि गाएका छन् । केही गीत पनि उनले लेखे । उनले फिल्म इन्डष्ट्रिका थुप्रै मोर्चामा आफ्नो छाप छोडेका छन् ।

जब राजनीकान्त र कमल हासन आफ्नो फिल्मी करियरको शिखरमा थिए तब महान अभिनेता एमजीआर राजनीतिमा संलग्न भए र तमिलनाडुका मुख्यमन्त्री बने । त्यतिबेला कमल हासन र रजनीकान्तको राजनीतिक झुकावमाथि अत्यधिक चर्चा हुन्थ्यो ।

फिल्मी दुनियाँको यो अर्को पीढि एमजीआरको नक्सा कदममा हिँड्दै राजनीतिमा समावेश हुन्छन् वा हुँदैनन् भनेर बहस हुन्थ्यो । रजनीकान्त त ९० को दशकपछि नै राजनीतिमा आउने संकेत दिइरहेका थिए । कमल हासन यद्यपि राजनीतिबाट टाढा नै रहे ।

रजनीकान्तले हालै मात्र सीधा रुपमा राजनीतिमा आउने कुरा  गरेका भएपनि उनको फिल्मले लामो समयदेखि उनको राजनीतिक महत्वाकांक्षाको संकेत दिइरहेको थियो । अर्कोतर्फ कमल हासनले केही वर्ष अघिसम्म राजनीतिको विषयमा कुनै कुरा गरेका थिएनन् ।

१० वर्षअघि आनन्द विकेटनलाई दिएको एक साक्षात्कारमा उनले आफू राजनीतिका लागि उपयुक्त नभएको बताएका थिए ।

जब तमिल पत्रिका थांथीका एक पत्रकारले उनलाई ‘तपाईंका साथी रजनीकान्तले तपाईंलाई निम्तो दिँदा पनि राजनीतिमा आउनुहुन्नँ ?’ भनेर सोध्दा कमल हासनले ‘मैले पहिला नै भनिसकेको छु कि म राजनीतिमा आउनेछैन ।’ तर उनको भाग्यमा राजनीतिमा आउन लेखिएकै थियो ।

सन् २०१३ मा आएको उनको फिल्म विश्वरुपमले थुप्रै चुनौतिको सामना गर्नुपर्यो । यो त्यो समय थियो जब कमल हासनले खुल्ला रुपमा राजनीतिबारे कुरा गर्न सुरु गरेका थिए ।

यो फिल्म सन् २०१३ जनवरी २५ मा रिलिज हुनुपर्ने थियो तर मुसलमान संगठनले यसको विरोध गरिदिए । तमिलनाडु सरकारले १५ दिनका लागि रिलिजमा रोक लगाइदियो ।

यो घटनापछि एक पत्रकार सम्मेलनमा कमल हासनले भनेका थिए, ‘यो प्रतिबन्ध मेरो मात्रै नभई पूरा देशको अपमान हो । यदि यो खतरा बनिरह्यो भने म देशै छोड्ने बारे पनि सोच्नेछु ।’

मुस्लिम संगठनको चर्चापछि फिल्मबाट केही दृश्य हटाइयो र पुनः फिल्म रिलिज हुनसक्यो । कमल हासले एकपटक फिल्ममा आफ्नो ध्यान केन्द्रीत गरे र उनी सन् २००१७ मा बिग बसको होस्ट पनि बने । शोमा उनले देशको स्थिति, राजनीति र भ्रष्टाचारमा पनि चर्चा गरे जुन बहसको केन्द्रबिन्दु रह्यो ।

एक पत्रकार सम्मेलनमा तमिलनाडुका मन्त्रीले उनीविरुद्ध भ्रष्टाचारका प्रमाण पेश गरिनुपर्ने बताए । उनले सरकारविरुद्ध यसरी नै बोलिरहे उनीविरद्ध मुद्दा दर्ता गराइने चेतावनी दिए ।

यसको जवाफमा कमल हासनले लेखे, ‘सम्बन्धित मन्त्रालयलाई भ्रष्टाचारको विवरण दिँदै इमेल पठाउनुहोस् । ’ यो घटनाक्रमपछि सरकारी वेबसाइटबाट मन्त्रीको इमेल ठेगाना हटाइयो ।

कमल हासनको राजनीतिक बयान र उनीमाथि मन्त्रीको, विशेषगरी डी जयाकुमारीको प्रतिक्रियाले निकै चर्चा बटुलेको थियो । यो त्यो समय थियो जब कमल हासनले आफ्नो राजनीतिक दलको घोषणा गरे ।

२१ फेब्रुअरी सन् २०१८ मा मदुरैमा भएको एक ठूलो बैठकमा उनले आफ्नो पार्टीको घोषणा गर्दै उनी मक्कई नीति किरम नामबाट पार्टीको गठन गरिरहेको जानकारी दिए । उक्त बैठकमा दिल्लीका सीएम अरविन्द केजरीवालसमेत थुप्रै नेता समावेश भएका थिए ।

रजनीकान्त र कमल हासनले लगभग एकै समयमा राजनीतिमा कदम राखे । रजनीकान्तले भलै ३१ डिसेम्बर २०१७ मा राजनीतिमा आउने घोषणा गरिदिए तर त्यसपछि उनले चाँडै नै केही ठूलो गरेनन् । कमल हासन पनि सन् २०१७ देखि नै राजनीतिमा आउनेबारे संकेत दिन थालेका थिए ।

उनले आफ्नै पार्टी सुरु मात्रै गरेनन् सन् २०१९ मा लोकसभा चुनाव पनि लडे । यद्यपि, उनको पार्टीले सन् २०१७ को विधानसभा चुनावमा कुनै सिट जित्न सकेनन् । थुप्रै सिटमा पार्टी तेस्रो वा चौथो नम्बरमा नै रह्यो । पार्टीले कूल १५,७५,००० मत पाए । दक्षिण र मध्य चेन्नईबाट उनको पार्टीले १० प्रतिशत भोट प्राप्त गरे ।

जबदेखि हासनले राजनीतिक दल सुरु गरेका छन् उनको विचारधारामाथि विभिन्न प्रश्न उठिरहे । पार्टी सार्वजनिक गर्ने बेला उनले भनेका थिए, ‘वैचारिक रुपमा म न त दक्षिणपन्थी हूँ न नै बामपन्थी । हामी मध्यमा रहनुछ ।’

धेरै मानिसहरुले उनको बयानको महत्व बुझ्नै सकिरहेका थिएनन् ।

जब उनी बिग बसका उद्घोषक थिए तब उनले विन्ध्य पर्वतको अर्कोतर्फ जुन भारत छ, त्यो आत्म सम्मानयुक्त भारत भएको बताएका थिए । उनले द्रविडको मुद्दा उठाउने राजनीतिक पार्टीको समर्थन गरे ।

मदुरैमा पार्टीको घोषणा गर्ने बेला उनले भारतमा भ्रष्टाचार नै सबै समस्याको जड भएको बताएका थिए । उनले भ्रष्टाचार समाप्त गर्नु नै आफ्नो मूल मुद्दा भएको बताए । हासनले भनेका थिए, ‘म सबैलाई राम्रो शिक्षा दिनका लागि काम गर्नेछु । जाति र धर्म पनि समाप्त हुनेछ, कसैलाई केही कुरा निःशुल्क पनि दिइने छैन ।’

पार्टी सुरु गरेपछि नै उनी भ्रष्टाचारविरुद्ध मुखर रहे र यही उनको प्रमुख मुद्दा पनि रहेको छ । उनको प्रेसवार्ता र ट्वीटर फिडमा पनि यी मुद्दाको विषयमा सन्देश दिने गरिन्छ । यद्यपि, उनको धारणा स्पष्ट बुझ्न सहज छैन ।

कमल हासनले दुईपटक विवाह गरेका छन् । सन् १९७८ मा उनले वाणी गणपतिसँग विवाह गरेका थिए । हासन र गणपति आफिल्म मेल नातू मारुमगलको सुटिङको क्रममा भेटेका थिए । विवाहको केही वर्षपछि नै उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

त्यसपछि हासनले बलिउड अभिनेत्री सारिकासँग विवाह गरेका थिए । सारिका र कमल हासनका दुई छोरी छन् – श्रुति हासन र अक्षरा हासन । सारिकासँग पनि उनी केही वर्षपछि अलग भए र त्यसपछि उनी अभिनेत्री गौतमीसँग सँगै बसे । अब यी दुई पनि अलग भइसकेका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja