बागलुङ घटनाको छानबिन गर्न कांग्रेसको माग



होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ ।

आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्युभएको थियो ।

कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन् ।

घटनाको वास्तविकता बुझ्न र मृतकका परिवारलाई भेट्न कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मासहित घटनास्थलतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja