काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा फरक छ : सन्दीप



पोखरा

 नेपाली लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक इङ्ल्याण्डको टी–२० क्रिकेट भाइटलिटी ब्लास्टका लागि छनोट भएका छन् ।

काउन्टी क्रिकेट क्लब वर्सेस्टरसाएर रापिड्सले २० वर्षीय सन्दीपलाई सन् २०२१ को सिजनका लागि अनुबन्ध गरेको हो । पहिलो पटक काउन्टी क्लबमा छनोट भएपछि सन्दीपले खुसी व्यक्त गर्दै काउन्टी क्रिकेट सामान्य क्रिकेटभन्दा माथि रहेको बताएका छन् ।

‘भाइटलिटी ब्लास्टमा वर्चेस्टरसाएरको परिवारको भाग बन्न पाउँदा एकदमै खुसी छु । क्रिकेटभन्दा काउन्टी क्रिकेट फरक छ भन्ने सधैं सुन्दै आएको छु किनकी यसको संस्कृति, सजावट र अमेजिङ दर्शक छ,’ सन्दीपले ट्वीटरमा लेखेका छन् ।

उनले नेपालबाट अझै धेरै प्रतिभा खेलाडी काउन्टीमा खेल्ने दिनको पर्खाइमा रहेको लेखेका छन् ।

विश्वभर टी–२० फ्रेन्चाइज टुर्नामेन्ट खेल्दै अनुभव बटुलेका सन्दीपले खेल्न लागेको यो नयाँ प्रतियोगिता हो । सन्दीप यसै वर्ष हुने दी हन्ड्रेड क्रिकेटको लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् ।

सन्दीपलाई रिकी वेस्सेल्सले वर्सेस्चसाएरमा ल्याउन भूमिका खेलेको क्लबले जनाएको छ । पाकिस्तान सुपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए । सन्दीपसँगै अष्ट्रेलियन खेलाडी बेन ड्वार्सहुइस रापिड्सको विदेशी खेलाडीको रुपमा क्लबले जनाएको छ ।

रापिड्सका मुख्य प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको अनुबन्धबाट आफू खुसी भएको बताएका छन् । ‘सन्दीपले धेरै टुर्नामेन्ट खेलेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभव लिएका छन्,’ गिडमनले भने, ‘उनी लेगस्पिनर हुन् । हामीले टिममा सन्तुलनका लागि उनलाई अनुबन्ध गरेका हौं । उनको अनुबन्धबाट हामी खुसी छौं ।’

भाइटलिटी ब्लासको याे सिजन ९ जुनदेखि १८ सेप्टेम्बरसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja