एमाले खनाल-नेपाल समूहले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक



पोखरा

नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक भोलि (शुक्रबार) बिहान ११ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहभागी हुन काठमाडौंमा उपलब्ध सदस्यलाई बोलाएको नेता युवराज ज्ञवालीले जानकारी दिए ।

भोलिको बैठकले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने पनि ज्ञवालीले बताए ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरू सहभागी भएका थिएनन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ पछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल-खनाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja