सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै



पोखरा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थनबारे छलफल गर्न बैठक बोलाएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमका माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुनेछन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

यसैबीच सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja