अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन्



पोखरा

अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन् ।

‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी,पवित्रा खड्कालगायतको अभिनय रहनेछ । रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा रेनु प्रदीपको जोडीको रुपमा देखिनेछिन् ।

जुम्लाको पृष्ठभूमि रहेको कथामा पटकथा भने विकास सुवेदीले तयार पारेका छन् । राजेश श्रेष्ठको छायाँकन, ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहेन फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja