गुगल फोटोमा थपियो नयाँ फिचर



पोखरा

 गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ । यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो ।

यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ । गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ । भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन् । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ ।

सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ । जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja